Logo

मुख्य समाचार

सेयर बजारमा गिरावट, एक अर्बको कारोबार


GDP नेपाल
   १७ असार २०७९, शुक्रबार


साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ ।

सेयर बजार परिसूचक नेप्से ८.८७ अङ्कले घटेर दुई हजार २८.७७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ८, विकास बैंक ४९, होटल तथा पर्यटन २२, जलविद्युत् ११, लगानी ०.५९, जीवन बीमा ३३, उत्पादन ३१, निर्जीवन बीमा १८ र अन्य ८ अंकले घटेको छ ।यस्तै, फाइनान्स ७, माइक्रोफाइनान्स २९ र ब्यापार उपसमूह २५ अंकले बढेको छ ।

समग्र बजार घटे पनि आज आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर बैंक र युनाइटेट इन्सुरेन्सको सेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज २२१ वटा कम्पनीको ३६ लाख कित्ता सेयर एक अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको पाँच करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : १७ असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह