Logo

मुख्य समाचार

५७ अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार


GDP नेपाल
   १९ असार २०७९, आइतबार


आइतबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ५७.६१ अङ्कले बढेर दुई हजार ८६.३८ विन्दुमा पुगेको छ ।

आज बैंकिङ १६, विकास बैंक ११८, फाइनान्स ६५, होटल तथा पर्यटन ९४, जलविद्युत् १२८, लगानी २, जीवन बीमा १७०, उत्पादन २५०, माइक्रोफाइनान्स १३९, निर्जीवन बीमा १८१, अन्य ७२ र ब्यापार उपसमूह १७४ अंकले बढेको छ ।

आज साल्ट ट्रेडिङ, हिमालयन पावर पार्टनर, अपर तामाकोसी, साञ्जेन जलविद्युत्, नेष्डो समृद्ध लघुवित्त र सीवाईसी नेपाल लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको सेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ३३१ कम्पनीको ६२ लाख कित्ता सेयर दुई अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको २२ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : १९ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह