Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ४६ अंकले घट्यो नेप्से


GDP नेपाल
   २१ असार २०७९, मंगलबार


मंगलबार सेयर बजार राताम्मे भएको छ । नेप्से ४६.०८ अंकले घटेर २ हजार ३०.५९ विन्दुमा पुगेको छ ।

आजबैंकिङ १७, विकास बैंक १००, फाइनान्स ५६, होटल तथा पर्यटन ७८, जलविद्युत् ५२, लगानी २, जीवन बीमा २१५, उत्पादन १४५, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा २३९, अन्य ६० र ब्यापार उपसमूह ८५ अंक घटेको छ ।

समग्रमा बजार घटे पनि सीवाईसी लघुवित्त र ङादी ग्रुप पावरको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ । यस्तै, घलेम्दी हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ ।

आज २२९ कम्पनीका ८६ लाख .कित्ता सेयर २ अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर सेयर ३० करोड २० लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २१ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह