Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो


GDP नेपाल
   २३ असार २०७९, बिहिबार


बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १६.६० अङ्कले घटेर २ हजार २७.३२ विन्दुमा झरेको छ ।

आज बैंकिङ ८, विकास बैंक ४६, फाइनान्स ७, होटल तथा पर्यटन ३१, जलविद्युत् १५, जीवन बीमा ११५, उत्पादन ४३, माइक्रोफाइनान्स ३७, अन्य २२ र ब्यापार उपसमूह २३ र निर्जीवन बीमा उपसमूह ३३ अंकले घटेको छ ।

आज समिट लघुवित्त र लिवर्टी इनर्जी कम्पनीको सेयर ५ प्रतिशतभन्दा धरैले घटेको छ भने माउन्टेन हाइड्रो नेपालको सेयर ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २२९ कम्पनीका ४७ लाख कित्ता सेयर १ अर्ब ८० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको सेयर ७ करोड ६५ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २३ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह