साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३४.७ अङ्कले घटेर एक हजार ९९२.६२ विन्दुमा झरेको छ ।
आज बैंकिङ १५, विकास बैंक ९४, फाइनान्स ४७, होटल तथा पर्यटन ९६, जलविद्युत् ५९, जीवन बीमा १९३, उत्पादन १२१, माइक्रोफाइनान्स ६५, अन्य २२८, ब्यापार उपसमूह ६७ र निर्जीवन बीमा उपसमूह ८९ अंकले घटेको छ ।
आज हिमालयन ऊर्जा विकास कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ भने ग्लोबल आईएमई समुन्नत योजना १ को सेयर साढे दुई प्रतिशतभन्दा धेरैले बढेको छ ।
यस दिन २१७ वटा कम्पनीको ३० लाख कित्ता सेयर एक अर्ब १६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमन्ट्सको पाँच करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
प्रतिक्रिया