सोमबार सेयर बजारमा पहिरो गएको छ । सेयर बजार परिसूचक नेप्से ७७.०१ अङ्कले घटेर एक हजार ९१५.६१ विन्दुमा झरेको छ ।
बैंकिङ ३७, विकास बैंक १५०, फाइनान्स ८७, होटल तथा पर्यटन ५६, जलविद्युत् ११९, जीवन बीमा ४५०, उत्पादन १६६, माइक्रोफाइनान्स १८७, निर्जीवन बीमा ३६५, अन्य ७० र ब्यापार उपसमूह ११६ अंकले घटेको छ । आज ग्रामीण विकास लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन २२७ कम्पनीको ६३ लाख कित्ता सेयर दुई अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ११ करोड रुपैयाँको सेयर किनबेच भयो ।
प्रतिक्रिया