Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   २८ असार २०७९, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ११.६८ अङ्कले बढेर एक हजार ९२७.२८ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, विकास बैंक २६, फाइनान्स २०, होटल तथा पर्यटन ४१, जलविद्युत् ३०, जीवन बीमा ११, उत्पादन ६५, लघुवित्त १६, निर्जीवन बीमा ७४, अन्य ३ र व्यापार उपसमूह २६ अंकले बढेको छ।

आज सप्तकोशी विकास बैंकको सेयर झन्डै साढे नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि नयाँ सारथी लघुवित्तको सेयर भने साढे चार प्रतिशतले घटेको छ । यस दिन २२६ कम्पनीका ४९ लाख कित्ता सेयर एक अर्ब ७० करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै अरुण काबेली हाइड्रोको सात करोड ९५ लाख तथा गुर्खाज फाइनान्स र शिवम् सिमेन्टको झन्डै साढे सात करोड रुपैयाँका दरले सेयर किनबेच भएको छ ।

प्रकाशित : २८ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह