आइतबार सेयर बजारमा हरियाली छाएको छ। सेयर बजार परिसूचक नेप्से ६१.५ अङ्कले बढेर दुई हजार ७८.५१ विन्दुमा पुगेको हो ।
विकास बैंक १७७, फाइनान्स ११७, उत्पादन १००, माइक्रोफाइनान्स १७५, निर्जीवन बीमा ११७, अन्य १०३, बैंकिङ २२, होटल तथा पर्यटन ७४, जलविद्युत् ८४, जीवन बीमा २०७ र ब्यापार उपसमूह ८८ अंकले बढेको छ ।
आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोज फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २१९ वटा कम्पनीका ६४ लाख कित्ता सेयर दुई अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३९ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भयो ।
प्रतिक्रिया