Logo

मुख्य समाचार

५४ अंकले बढ्यो सेयर बजार, चार अर्बको कारोबार


GDP नेपाल
   १५ श्रावण २०७९, आइतबार


आइतबार सेयर बजार परिसूचक नेप्से ५४.५८ अङ्कले बढेर दुई हजार १९५.१० विन्दुमा पुगेको छ ।

बैंकिङ ४०, विकास बैंक ३१, होटल तथा पर्यटन ८०, जलविद्युत् २०, जीवन बीमा ४१२, उत्पादन ९८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३७४, अन्य ५२ र ब्यापार उपसमूह ७५ अंकले बढेको छ । यस्तै, फइनान्स ३१ अंकले घटेको छ ।

आज नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड मर्दी हाइड्रो, स्वाभिमान लघुवित्त र युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि नेपाल हाइड्रो पावर कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीको सेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस दिन २२० कम्पनीको एक करोड १३ लाख कित्ता सेयर चार अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : १५ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह