Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार


GDP नेपाल
   २२ श्रावण २०७९, आइतबार


आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से १०.२७ अङ्कले बढेर २ हजार १२३.८२ विन्दुमा पुगेको छ ।

बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ०.७५ र ब्यापार ३८ अंकले बढेको छ । यस्तै, जीवन बीमा भने ४ अंकले घट्यो ।

आज मनकामना स्मार्ट लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ भने तेह्रथुम पावर र उपकार लघुवित्तको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै, आज नयाँ सारथी लघुवित्त, साम्लिङ पावर र ग्रामीण विकास लघुवित्तको सेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस दिन २१९ कम्पनीको ६१ लाख कित्ता सेयर दुई अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १३ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : २२ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह