Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, दुई अर्बको कारोबार


GDP नेपाल
   २३ श्रावण २०७९, सोमबार


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से १७.६८ अङ्कले घटेर २ हजार १०६.१५ विन्दुमा झरेको छ ।

जलविद्युत् २६, माइक्रोफाइनान्स १७, ब्यापार ११, बैंकिङ ५, विकास बैंक ५२, फाइनान्स २४, होटल तथा पर्यटन ४६, जीवन बीमा १०१, निर्जीवन बीमा ३६ र अन्य उपसमूह ३८ अंकले घटेको छ। यस्तै, उत्पादन ५ र म्यूचुहल फन्ड ०.०४ अंकले बढेको छ ।

आज समग्रमा बजार ओरालो लागे पनि गुँरास लघुवित्त वित्तिय संस्था र हिमालयन हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर ४ प्रतिशतले घटेको छ ।

यस दिन २१४ कम्पनीको ६५ लाख कित्ता सेयर दुई अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २० करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह