बुधबार सेयर बजारमा गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से ५.९१ अङ्कले घटेर २ हजार ०५६.८८ विन्दुमा झरेको छ ।
जलविद्युत् १२, माइक्रोफाइनान्स १५, ब्यापार ३१, बैंकिङ ५, विकास बैंक ७, फाइनान्स १६, होटल तथा पर्यटन ११, जीवन बीमा ९, निर्जीवन बीमा ७५ रअन्य ४ अंकले घटेको छ । यस्तै, आज उत्पादन २७ र लगानी ०.४७ अंकले बढेको छ ।
आज समग्र बजार ओरालो लागे पनि हिमालयन हाइड्रोको सेयर झण्डै १० प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्सेरेन्सको सेयर १० प्रतिशतले घटेको
छ ।
यस दिन २१८ कम्पनीको ४६ लाख कित्ता सेयर एक अर्ब ९३ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया