Logo

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट, डेढ अर्बको कारोबार


GDP नेपाल
   २६ श्रावण २०७९, बिहिबार


बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से १९.०६ अङ्कले घटेर २ हजार ०३७.८३ विन्दुमा झरेको छ ।

जलविद्युत् ३१, माइक्रोफाइनान्स ३३, ब्यापार ०.११, बैंकिङ ३, विकास बैंक ५९, फाइनान्स ४२, होटल तथा पर्यटन ५०, जीवन बीमा ६७, निर्जीवन बीमा ७०, अन्य २६, उत्पादन ८२ र लगानी १.२४ अंकले बढेको छ । आज म्यूचुअल फन्ड ०.०७ अंकले बढेको छ ।

आज समग्र बजार ओरालो लागे पनि हिमालयन हाइड्रोको सेयर र अपर हेवाखोला हाइड्रोको सेयर झण्डै १० प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै यूनिलिभर नेपाल लिमिटेडको सेयर ८ प्रतिशतले घटेको छ ।

यस दिन २२३ कम्पनीको ६२ लाख कित्ता सेयर एक अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २६ श्रावण २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह