साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २७.९२ अङ्कले घटेर २ हजार ०१०.०१ विन्दुमा झरेको छ ।
बैंकिङ ८, विकास बैंक ४७, फाइनान्स ४५, होटल तथा पर्यटन २१, जलविद्युत् ४६, जीवन बीमा २३३, उत्पादन १९०, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा ५३, अन्य १६ र ब्यापार ४७ अंक घटेको छ ।
आज समग्र बजार ओरालो लागे अपर हेवाखोला हाइड्रोको सेयर ८ प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै गुँरास लघुवित्त वित्तिय संस्थाको सेयर ७ प्रतिशतले घटेको छ ।
यस दिन २२७ कम्पनीको ४५ लाख कित्ता सेयर एक अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया