Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, १८ अंकले घट्यो नेप्से


GDP नेपाल
   ९ भाद्र २०७९, बिहिबार


बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १८.३ अङ्कले घटेर २ हजार ०३९.५४ विन्दुमा झरेको छ ।

बैंकिङ ४, विकास बैंक ५७, फाइनान्स ३७, होटल तथा पर्यटन ४१, जलविद्युत् ३९, जीवन बीमा ५८, उत्पादन ७९, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा २१, अन्य ३३ र ब्यापार २० अंकले घटेको छ ।

आज मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागे पनि अपर हेवाखोला जलविद्युतको सेयर १० प्रतिशत र रुरु हाइड्रोको शेयर झन्डै नौ प्रतिशतले बढेको छ ।

यस दिन २१९ कम्पनीको ४२ लाख ३४ हजार कित्ता सेयर एक अर्ब ७१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११ करोड २४ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको नौ करोड ४१ रुपैयाँको सेयर किनबेच भयो ।

 

प्रकाशित : ९ भाद्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह