Logo

मुख्य समाचार

३३ अंकले सेयर बजार घट्दा दुई हजार विन्दु तल झर्‍यो नेप्से


GDP नेपाल
   १२ भाद्र २०७९, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३३.३६अङ्कले घटेर एक हजार ९८९.२६ विन्दुमा झरेको छ ।

बैंकिङ १०, विकास बैंक ९४, फाइनान्स ६४, होटल तथा पर्यटन ७१, जलविद्युत् ८१, जीवन बीमा ११४, उत्पादन ६३, माइक्रोफाइनान्स १०३, निर्जीवन बीमा १६५, अन्य १२ र ब्यापार ५० अंकले घटेको छ ।

समग्रमा बजार ओरालो लागे पनि आज राधी विद्युत कम्पनीको सेयर झन्डै ६ प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा धेरै रुरु जलविद्युत्को सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन २२४ कम्पनीको ६१ लाख ४८ हजार कित्ता सेयर दुई अर्ब पाँच करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको १० करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : १२ भाद्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह