Logo

मुख्य समाचार

सेयर बजारमा झण्डै २२ अंकको पहिरो, सबै समूह राताम्मे


GDP नेपाल
   १५ भाद्र २०७९, बुधबार


बुधबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २१.९७ अङ्कले घटेर एक हजार ९७३.३८ विन्दुमा झरेको छ ।

बैंकिङ ७, विकास बैंक ६५, फाइनान्स ४०, होटल तथा पर्यटन ३६, जलविद्युत् ४९, जीवन बीमा १३७, उत्पादन ५०, माइक्रोफाइनान्स ६६, निर्जीवन बीमा ४८, अन्य १६ र ब्यापार २६ अंकले घटेको छ ।

आज हिमालयन पावर पार्टनरको सेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज आरबीबी म्युचल फन्ड १ र नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर झन्डै दुई प्रतिशतले बढेको छ ।

यसदिन २२४ कम्पनीको २९ लाख ९२ हजार कित्ता सेयर एक अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : १५ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह