Logo

मुख्य समाचार

शुक्रबारको सेयर किनबेच असोजबाट बन्द हुने


GDP Nepal
   १९ भाद्र २०७९, आइतबार


काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने प्रचलन सुरु गरेसँगै सुरु भएको शुक्रबार सेयर कारोबार गर्ने व्यवस्था अन्ततः हट्ने भएको छ । सरकारले वैशाख महिनाभर परीक्षणका रुपमा लागू गरेको उक्त व्यवस्था जेठबाट हटे पनि शुक्रबार सेयर कारोबार गर्ने व्यवस्था कायम नै थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको आइतबार बसेको बैठकले शुक्रबारको सेयर बजार बन्द गर्ने निर्णय गरेको हो ।

नेप्सेका अनुसार असार १ गतेदेखि आइतबारसहित शुक्रबार पनि सेयर कारोबार हुँदै आएकोमा तीन महिनापछि नेप्सेले पूर्ववत् कारोबार दिन (आइतबारदेखि बिहीबार) लाई नै कार्यान्वयन गर्ने भएको छ ।

शुक्रबारको कारोबार बन्द गर्नुपर्ने माग उठेसँगै नेप्सेले यस्तो निर्णय गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आगामी असोज १ गतेदेखि नै कार्यान्वयनमा आउनेगरी शुक्रबारको कारोबार बन्द गरिने जनाएको छ । योसँगै पुनः हप्तामा ५ दिन सेयर कारोबार हुनेछ ।

सेयर बजारमा बियरिस प्रवृत्ति देखिएसँगै लगानीकर्ताले शुक्रबारको कारोबार हछाउन माग गर्दै आएका थिए ।

प्रकाशित : १९ भाद्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह