Logo

मुख्य समाचार

२१ अंकले घट्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   २१ भाद्र २०७९, मंगलबार


मंगलबार सेयर बजार परिसूचक नेप्से २१.१६ अङ्कले घटेर एक हजार ९५१.८४ विन्दुमा झरेको छ ।

बैंकिङ ६, विकास बैंक ६४, फाइनान्स ३५, जलविद्युत् ४७, जीवन बीमा ८५, उत्पादन २३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा १४७, अन्य १८ र ब्यापार २९ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन ५ अंकले बढेको छ ।

आज सानिमा माई हाइड्रोको सेयर झन्डै साढे सात प्रतिशत र हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीको सेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि उन्नति सहकार्य लघुवित्तको सेयर साढे ९ प्रतिशतले बढेको छ ।

यस दिन २२७ कम्पनीको ३२ लाख नौ हजार कित्ता सेयर एक अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्स्योरेन्सको नौ करोड १४ लाख र रिडी हाइड्रोको नौ करोड ११ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह