Logo

मुख्य समाचार

निरन्तर ओरालो यात्रामा सेयर बजार, ७४ करोडमा खुम्चियो कारोबार


GDP नेपाल
   २६ भाद्र २०७९, आइतबार


बिहिबार सेयर बजार परिसूचक नेप्से ११.४७ अङ्कले घटेर एक हजार ९२६.२८ विन्दुमा झरेको छ ।

बैंकिङ ३, ब्यापार ११, उत्पादन ५, माइक्रोफाइनान्स ३६, जीवन बीमा ३९, विकास बैंक ५३, फाइनान्स २२, जलविद्युत् ३४, निर्जीवन बीमा ३८, र होटल तथा पर्यटन ३७ अंकले घटेको छ । त्यस्तै, अन्य समूह भने ४ अंकले बढेको छ ।

आज सानिमा म्युचल फन्ड र छ्याङ्दी हाइड्रोको सेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज मैलुङखोला जलविद्युत् कम्पनीको सेयर साढे चार प्रतिशतले बढेको छ ।

यस दिन २२१ कम्पनीको २५ लाख २४ हजार कित्ता सेयर ७४ करोड ७२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको तीन करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २६ भाद्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह