Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ८३ करोडमा खुम्चियो कारोबार


GDP नेपाल
   २७ भाद्र २०७९, सोमबार


बिहिबार सेयर बजार परिसूचक नेप्से १३.५४ अङ्कले घटेर एक हजार ९१२.७४ विन्दुमा झरेको छ ।

बैंकिङ ५, ब्यापार ७, उत्पादन १३, माइक्रोफाइनान्स ३०, जीवन बीमा ५२, विकास बैंक १४, फाइनान्स १७, जलविद्युत् ३०, निर्जीवन बीमा ४६, र होटल तथा पर्यटन ६ र अन्य २३ अंकले घटेको छ ।

आज समग्रमा बजार घटे पनि युनाइटेड आईडीआई आरबी हाइड्रोपावर कम्पनीको सेयर ४ प्रतिशतले बढेको छ ।

यस दिन २२५ कम्पनीको २६ लाख १३ हजार कित्ता सेयर ८३ करोड १६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ४ करोड ७ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज सेन्सेटिभ समूहमा ०.६४ प्रतिशत गिरावट आएको छ । २.३९ अंकको गिरावटसँगै यो परिसूचक ३७२.३४ अंकमा पुगेर रोकिएको छ ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह