Logo

मुख्य समाचार

धितोपत्र बजारमा ब्रेक थ्रुः नयाँ स्टक एक्सचेन्जदेखि ब्रोकर र कमोडिटीको लाइसेन्स खुल्यो !


GDP Nepal
   २ आश्विन २०७९, आइतबार


काठमाडौं । धितोपत्र बजारमा ब्रेक थ्रु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सको आवेदन माग गरेको छ । बोर्डले नयाँ ब्रोकर लाइसेन्सका साथमा, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारको लाइसेन्स पनि खुला गरेको छ ।

ब्रोकर लाइसेन्सका लागि आइबारदेखि लागू हुने गरी ३० दिनभित्र धितोपत्र बोर्डमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएका प्रावधानहरु पूरा गरी निवेदन दिनुपर्नेछ । रीत नपुगेका वा आवश्यक सबै प्रक्रिया प्रूरा नगरेका आवेदनहरु रद्द पनि हुन सक्ने धितोपत्र बोर्डले जानकारी दिएको छ । यसर्थ, ब्रोकर व्यवसाय सञ्चालन गर्न चाहनेले आवश्यक प्रक्रिया पूरा गरेर आवेदन दिन बोर्डले भनेको छ ।

यसैगरी, आइतबार नै नयाँ स्टक एक्सचेन्जका लागि पनि आवेदन माग गरिएको छ । यसमा भने आवेदन दिने म्याद ४५ दिन राखिएको छ । ४५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ । यसैगरी, कमोडिटी बजार सञ्चालनका लागि पनि आवेदन माग गरिएको छ । धितोपत्र बोर्डले औपचारिकरुपमा सूचना निकालेसँगै अब नयाँ ब्रोकर तथा स्टक एक्सचेन्ज खुल्ने प्रक्रियाले गति लिएको छ । विशेषगरी नयाँ ब्रोकरहरु आउने भएपछि आम लगानीकर्ताले पनि निकै राहत पाउने अपेक्षा गरिएको छ ।

नयाँ ब्रोकर आएपछि प्रतिस्पर्धा बढ्नेछ । प्रतिस्पर्धाबाट अन्ततः लगानीकर्ताले नै लाभ लिन सक्नेछन् । नयाँ ब्रोकर भित्रिएसँगै पुँजी, प्राविधिमा पनि वृद्धि हुनेछ । नयाँ ग्राहकहरुको खोजी हुनेछ । ग्रामीण क्षेत्रसम्म सेयर ब्रोकर कार्यालयहरु खुल्नेछन् । यसबाट अन्ततः समग्र पुँजी बजारकै विकासमा सहयोेग पुग्ने विज्ञहरुले बताउँदै आएका छन् । धितोपत्र बोर्डको यस कदमलाई आम लगानीकर्ताहरुले स्वागत गरेका छन् ।

प्रकाशित : २ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह