Logo

Uncategorized

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर लागू


GDP नेपाल
   १ जेष्ठ २०८०, सोमबार


ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । नेपाल बैंकर्स संघको कार्यसमितिले अघिल्लो महिनाको ब्याजदर नै कायम हुनेगरी जेठ महिनाका लागि ब्याजदर निर्धारण गर्ने निर्णय गरेसँगै बैंकले सोही ब्याजदर कायम गरी सार्वजनिक गरेको हो ।

सार्वजनिक ब्याजदरअनुसार बैंकले सामान्य बचत खाता अन्तर्गत न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८.४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, यता बैंकले मुद्दती निक्षेप अन्तर्गत बैंकले संस्थागतको लागि ७.९९ प्रतिशत र व्यक्तिगत तर्फ ९.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह