त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको १४ किलो सुन प्रकरण छानबिन गर्न विमानस्थल भन्सार कार्यालयले ६ सदस्यीय समिति गठन गरेको छ ।
प्रमुख भन्सार अधिकृत मनिराम पौडेल संयोजक रहेको उक्त समितिमा सूर्यप्रकाश सुवेदी, प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र मञ्जु थापा रहेका छन् ।
बिहिबार राति फ्लाई दुबईको उडान नम्बर एफजेड-५७३ बाट दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरिएको थियो । सोही प्रकरणमा गोरखाकै मीनबहादुर घलेलाई पनि पक्राउ गरिएको छ ।










प्रतिक्रिया