Logo

मुख्य समाचार

सर्वसाधारणका लागि सान्भि इनर्जीको आईपीओ बिक्री खुला


GDP नेपाल
   १० जेष्ठ २०८२, शुक्रबार


काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रूपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।


आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने बाँकी कित्ता आईपीओ जेठ १३ गतेसम्म निष्कासन हुनेछ ।


बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसनर सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २३ गतेसम्म निष्कासनमा रहने छ ।


बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।
मेरो सेयर अनलाइनमार्फत पनि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।


कम्पनीले ८ करोड ८० लाख रूपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र २ करोड ९१ लाख रूपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि यसअघि नै निष्कासन गरेको थियो।


त्यसैगरी, कम्पनीले १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ५८ हजार २०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि बाँडफाँट गरिसकेको छ।

प्रकाशित : १० जेष्ठ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह