काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ५.२१ अंकले घटेर दुई हजार ६७४.७६ विन्दुमा पुगेको छ ।
विकास बैंक १४, फाइनान्स २, होटल तथा पर्यटन ६२, हाइड्रोपावर २, जीवन बीमा २७ , निर्जीवन बीमा ४१, माइक्रोफाइनान्स ७४, व्यापार ५ र अन्य उपसमूह ११ अंकले घटेको छ । त्यस्तै आज बैंकिङ २ र उत्पादन उपसमूह ५७ अंकले बढेको छ ।
आज गुँरास लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज ओम मेगाश्रीको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३३७ कम्पनीको एक करोड ७१ लाख कित्ता सेयर ७ अर्ब ५८ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया