काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १.६० अंकले बढेर दुई हजार ६९४.६६ विन्दुमा पुगेको छ ।
विकास बैंक १६, फाइनान्स ४, होटल तथा पर्यटन १६३, जीवन बीमा ३१ र अन्य उपसमूह ८ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ८, ,हाइड्रोपावर १२, माइक्रोफाइनान्स ६, व्यापार १५, निर्जीवन बीमा २०, र उत्पादन उपसमूह २८ अंकले घटेको छ ।
आज ओम मेगाश्री र प्योर इनर्जीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज भूगोल इनर्जीको सेयर ६।४५ प्रतिशतले घटेको छ ।
यस दिन ३१४ कम्पनीको दुई करोड २० लाख कित्ता सेयर ९ अर्ब २२ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया