काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ११.९७ अंकले घटेर दुई हजार ६४६.९५ विन्दुमा पुगेको छ ।
बैंकिङ ८, विकास बैंक ३९, फाइनान्स २१, होटल तथा पर्यटन ३२, हाइड्रोपावर १३, जीवन बीमा ६३, उत्पादन २, माइक्रोफाइनान्स ३९, निर्जीवन बीमा ८३ र अन्य उपसमूह १२ अंकले घटेको छ । त्यस्तै, आज व्यापार उपसमूह भने २१ अंकले बढेको छ ।
आज कर्पोेरेट डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै ५.८१ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज ओम मेगाश्री र प्योर इनर्जीको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१३ कम्पनीको एक करोड ३७ लाख कित्ता सेयर ५ अर्ब १६ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया