काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ०.४७ अंकले बढेर दुई हजार ६५५.८५ विन्दुमा पुगेको छ ।
विकास बैंक २६, हाइड्रोपावर ३५, उत्पादन १०४, निर्जीवन बीमा ८ र व्यापार उपसमूह ४५ अंकले बढेको छ । त्यस्तै, फाइनान्स १४, होटल तथा पर्यटन ४, बैंकिङ ६, जीवन बीमा ७०, माइक्रोफाइनान्स १४ र अन्य उपसमूह १० अंकले घटेको छ ।
आज ग्रिन डेभलपमेन्ट बैंक, प्योर इनर्जी र छ्याङदी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज नेपाल हाइड्रो डेभलपर्सको सेयर ४.४३ प्रतिशतले बढेको छ ।
यस दिन ३०८ कम्पनीको दुई करोड ५३ लाख कित्ता सेयर ११ अर्ब ४४ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया