काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २.८० अंकले बढेर दुई हजार ६५८.६६ विन्दुमा पुगेको छ ।
बैंकिङ ६, विकास बैंक १५, होटल तथा पर्यटन २३२, जीवन बीमा १५, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ३१ र व्यापार उपसमूह ३ अंकले बढेको छ । त्यस्तै, फाइनान्स २९, हाइड्रोपावर ३७, उत्पादन २ र अन्य उपसमूह ७ अंकले घटेको छ ।
आज प्योर इनर्जी र पिपुल्स पावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज अप्पर हेवाखोला हाइड्रोपावरको सेयर ७.५८ प्रतिशतले घटेको छ ।
यस दिन ३१८ कम्पनीको तीन करोड ३६ लाख कित्ता सेयर १३ अर्ब १८ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया