काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३.९० अंकले घटेर दुई हजार ६५४.७५ विन्दुमा पुगेको छ ।
बैंकिङ ६, विकास बैंक ११, फाइनान्स ११, होटल तथा पर्यटन ११४, जीवन बीमा ६१, उत्पादन १०, निर्जीवन बीमा १० र अन्य उपसमूह ३ अंकले घटेको छ । त्यस्तै, हाइड्रोपावर ९, माइक्रोफाइनान्स ५१,र व्यापार उपसमूह ५ अंकले बढेको छ ।
आज गार्डीयन माइक्रो लाइफको सेयर सबैभन्दा धेरै ४.६२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज प्योर इनर्जीको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३०६ कम्पनीको एक करोड ६४ लाख कित्ता सेयर ७ अर्ब ६५ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया