काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३२.९३ अंकले घटेर दुई हजार ५९५.५७ विन्दुमा पुगेको छ ।
बैंकिङ ११, विकास बैंक ४६, फाइनान्स २५, होटल तथा पर्यटन २१७, हाइड्रोपावर १००, जीवन बीमा १३५, उत्पादन ७५, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ५८, अन्य १४ र व्यापार उपसमूह २९ अंकले घटेको छ ।
आज प्योर इनर्जीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज जोशी हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढेको छ ।
यस दिन ३१० कम्पनीको दुई करोड १५ लाख कित्ता सेयर ९ अर्ब १४ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया