काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४.७८ अंकले बढेर दुई हजार ६००.७६ विन्दुमा पुगेको छ ।
बैंकिङ २, फाइनान्स १७, होटल तथा पर्यटन ६०, हाइड्रोपावर १४, माइक्रोफाइनान्स ०.८६, र व्यापार उपसमूह ९० अंकले बढेको छ । त्यस्तै, विकास बैंक ५, जीवन बीमा ४९, उत्पादन ४३, निर्जीवन बीमा २७ र अन्य उपसमूह ४ अंकले घटेको छ ।
आज जोशी हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज गुँरास लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३२५ कम्पनीको एक करोड ७५ लाख कित्ता सेयर ६ अर्ब ४७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया