काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ०.२२ अंकले घटेर दुई हजार ६००.५३ विन्दुमा पुगेको छ ।
विकास बैंक २२, फाइनान्स १७, होटल तथा पर्यटन ६६, हाइड्रोपावर १५, जीवन बीमा १५, निर्जीवन बीमा ३७, व्यापार ४ र अन्य उपसमूह २ अंकले घटेको छ । त्यस्तै, बैंकिङ ५, माइक्रोफाइनान्स ८ र उत्पादन उपसमूह २९ अंकले बढेको छ ।
आज एनआइसी एशीया डीबेन्चरको सेयर को सेयर ५.१७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज ओम मेगाश्रीको सेयर ८ प्रतिशतले बढेको छ ।
यस दिन ३१६ कम्पनीको एक करोड ३८ लाख कित्ता सेयर ५ अर्ब ७६ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया