काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ०.२२ अंकले घटेर दुई हजार ६००.२० विन्दुमा पुगेको छ ।
बैंकिङ १, फाइनान्स ११, व्यापार ४५, माइक्रोफाइनान्स ९, उत्पादन उपसमूह १४ र अन्य उपसमूह ४ अंकले घटेको छ । त्यस्तै, आज विकास बैंक १, होटल तथा पर्यटन ९६, हाइड्रोपावर २३, जीवन बीमा ८ र निर्जीवन बीमा उपसमूह १२ अंकले बढेको छ ।
आज जोशी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ९.५१ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज मोदी इनर्जीको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३११ कम्पनीको एक करोड ३७ लाख कित्ता सेयर ५ अर्ब ९४ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया