काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १.९४ अंकले घटेर दुई हजार ८३२ विन्दुमा पुगेको छ ।
बैंकिङ ७, विकास बैंक ३६, फाइनान्स १०, होटल तथा पर्यटन ३, हाइड्रोपावर ५, जीवन बीमा ६१, उत्पादन ८, निर्जीवन बीमा ४६ र व्यापार उपसमूह २८ अंकले घटेको छ । त्यस्तै, आज माइक्रोफाइनान्स ७५ र अन्य उपसमूह ११ अंकले बढेको छ ।
आज थ्री स्टार हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ३.७८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२० कम्पनीको दुई करोड १६ लाख कित्ता सेयर ७ अर्ब ६३ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया