काठमाडौं । नेपाल धितोपत्र बोर्डको संचालकमा हेमराज ढकाल नियुक्त भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उपाध्यक्ष ढकालले निजी क्षेत्रको प्रतिनिधित्व गर्नेछन् ।
महासंघ पदाधिकारी नै सेबोनमा सञ्चालक रहने परम्परा रहे पनि गत वर्ष महानिर्देशक गोकर्ण अवस्थीलाई सञ्चालक बनाइएको थियो । गत महिना अवस्थीलाई राजीनामा गराएर वस्तुगत क्षेत्र हेर्ने उपाध्यक्ष ढकाललाई सेबोनको सञ्चालकमा पठाइएको हो ।
उत्पादनमूलक तथा वित्तीय क्षेत्रमा अनुभवी रहेका ढकाल महासंघमा वरिष्ठ उपाध्यक्षको बलियो प्रतिस्पर्धी मानिन्छन् । महासंघको साधारणसभा चैतमा हुँदैछ ।
नवनियुक्त संचालक ढकाललाई बुधबार एक कार्यक्रमबीच बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराए ।
हेरिटेज ग्रुप अफ इन्ड्रष्टिजका अध्यक्ष ढकालको नेतृत्वमा हेरिटेज कार्पेट, हेरिटेज म्याट्रेस, हेरिटेज टी, व्यापारलगायत १ दर्जनभन्दा बढी कम्पनी संचालनमा रहेका छन् । २७ वर्ष अघि उनकै नेतृत्वमा कोशी प्रदेश कार्यक्षेत्र बनाएर एक्सेल डेभलपमेन्ट बैंक स्थापना भएको थियो ।










प्रतिक्रिया