काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ६.५१ अंकले बढेर दुई हजार ७७६.९० विन्दुमा पुगेको छ ।
बैंकिङ ५, विकास बैंक १२, फाइनान्स ०.७१, होटल तथा पर्यटन ३, हाइड्रोपावर ६, जीवन बीमा ३३, उत्पादन ३५, माइक्रोफाइनान्स ६, निर्जीवन बीमा १४, अन्य २ र व्यापार ७ अंकले बढेको छ ।
आज सानभी इनर्जीको सेयर सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि नारायणी डेभलपमेन्ट बैंकको सेयर ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।
यस दिन ३१६ कम्पनीको एक करोड ३१ लाख कित्ता सेयर ५ अर्ब ६३ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया