काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घटेर दुई हजार ७६७.२० विन्दुमा पुगेको छ ।
बैंकिङ २, विकास बैंक ४४, फाइनान्स १३, हाइड्रोपावर २०, जीवन बीमा ४२, उत्पादन ५१, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा ७२, अन्य २ र व्यापार ४४ अंकले घटेको छ। त्यस्तै, आज होटल तथा पर्यटन उपसमूह भने १४१ अंकले बढेको छ ।
आज पञ्चकन्या माई हाइड्रोपावरको सेयर ९ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि विकास हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२३ कम्पनीको एक करोड ५२ लाख कित्ता सेयर ५ अर्ब २० करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया