काठमाडौं । बिहिबर सेयर बजार परिसूचक नेप्से ९.२२ अंकले घटेर दुई हजार ७५७.९७ विन्दुमा पुगेको छ ।
बैंकिङ १, विकास बैंक ३८, फाइनान्स १३, होटल तथा पर्यटन ६१, हाइड्रोपावर १९, जीवन बीमा ४२, उत्पादन १३, माइक्रोफाइनान्स ११, अन्य १३ र व्यापार २६ अंकले घटेको छ। त्यस्तै आज निर्जीवन बीमा उपसमूह भने १८ अंकले बढेको छ ।
आज जनउत्थान सामूदायीक लघुवित्तको सेयर ४.६५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि विकास हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३१९ कम्पनीको एक करोड ६८ लाख कित्ता सेयर ५ अर्ब २ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया