Logo

मुख्य समाचार

सेयर बजारमा १८ अंकको गिरावट, साढे ६ अर्बको कारोबार


GDP नेपाल
   ८ भाद्र २०८२, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १८.०२ अंकले घटेर दुई हजार ७३९.९५ विन्दुमा पुगेको छ ।


बैंकिङ १२, विकास बैंक ९७, फाइनान्स १३, होटल तथा पर्यटन ४८, हाइड्रोपावर ४२, जीवन बीमा ५७, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा ६२, अन्य २ र व्यापार उपसमूह ८ अंकले घटेको छ।
त्यस्तै आज उत्पादन उपसमूह भने १२ अंकले बढेको छ ।


आज नारायणी डेभलपमेन्ट बैंकको सेयर ७.२९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि विकास हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले बढेको छ । 






यस दिन ३२३ कम्पनीको एक करोड ४० लाख कित्ता सेयर ६ अर्ब ५४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ८ भाद्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह