काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ३८.१० अंकले घटेर दुई हजार ७८१ विन्दुमा पुगेको छ ।
बैंकिङ १२, विकास बैंक १४२, फाइनान्स ४९, होटल तथा पर्यटन ११४, हाइड्रोपावर ५२, जीवन बीमा २१९, उत्पादन १३१, माइक्रोफाइनान्स ७३, अन्य ४७ र व्यापार उपसमूह ५३ अंकले घटेको छ। त्यस्तै आज निर्जीवन बीमा उपसमूह भने २ अंकले बढेको छ ।
आज आरियन्टल होटल्सकोको सेयर ४.७१ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि विकास हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२२ कम्पनीको एक करोड ७८ लाख कित्ता सेयर ८ अर्ब ९ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया