काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३१.१७ अंकले घटेर दुई हजार ७४९.८३ विन्दुमा पुगेको छ ।
बैंकिङ १२, विकास बैंक ९३, फाइनान्स ३१, होटल तथा पर्यटन ७५, हाइड्रोपावर ५२, जीवन बीमा १३१, उत्पादन ७७, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा १४२, अन्य ३३ र व्यापार उपसमूह १५ अंकले घटेको छ।
आज ग्लोबल आइएमई सम्मुनत योगना २ को सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि उन्नती सहकार्य लघुवित्तको सेयर ६.७७ प्रतिशतले बढेको छ ।
यस दिन ३२१ कम्पनीको एक करोड ४८ लाख कित्ता सेयर ६ अर्ब ६ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया