Logo

मुख्य समाचार

बुङ्गल हाइड्रोपावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन


GDP नेपाल
   १९ भाद्र २०८२, बिहिबार


काठमाडौं । बुङ्गल हाइड्रो पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (भदौ २०) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर जारी गरेको थियो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू र मेराशेयरमार्फत दिन सकिन्छ ।

यस आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी’ रेटिङ दिँदै कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको बताएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको थियो । कम्पनीलाई कुल २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति प्राप्त छ ।

प्रकाशित : १९ भाद्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह