काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ११.५२ अंकले घटेर दुई हजार ७०८.२५ विन्दुमा पुगेको छ ।
बैंकिङ ९, विकास बैंक ४, होटल तथा पर्यटन ३३, हाइड्रोपावर २३, जीवन बीमा ५१, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा २२, अन्य ८ र व्यापार उपसमूह ९ अंकले घटेको छ । त्यस्तै, आज फाइनान्स २ र उत्पादन उपसमूह ३ अंकले बढेको छ ।
आज पञ्चकन्या माई हाइड्रोपावरको सेयर ४.६२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज हिमस्टार उर्जाको सेयर ९.९७ प्रतिशतले बढेको छ ।
यस दिन ३३४ कम्पनीको एक करोड ११ लाख कित्ता सेयर ४ अर्ब ४० करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया