Logo

मुख्य समाचार

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ मंसिर २२ गतेदेखि निष्कासन हुँदै


GDP नेपाल
   २२ मंसिर २०८२, आइतबार


काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आफ्नो पहिलो सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको हो ।

यसमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । विदेशमा कार्यरत नेपालीहरूले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । उक्त आईपीओ छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गतेसम्म खुला रहनेछ ।

लगानीकर्ताले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरिएको छ ।

प्रकाशित : २२ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह