काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा एकल महिलाबाट जन्मिएका बच्चाहरुलाई सहजतापूर्वक नेपाली नागरिकता दिने व्यवस्था गराउन माग गरेको छ । संघको लग्जेम्बर्गमा सम्पन्न ११औं युरोपीय बैठक तथा नवौं युरोपीय महिला वैठक २०१८ पछि जारी घोषणापत्रमा त्यस्ता एकल महिलाबाट जन्मिएका बच्चाहरुलाई अविलम्ब नागरिकता उपलब्ध गराउने र ति बच्चाहरुलाई विदेशबाट स्वदेश जान यात्रा अनुमति पत्रको व्यवस्था…