काठमाडौं । केपी ओली सरकार भ्रष्टाचारमा लिप्त हुँदै गएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ठहर गरेको छ । कांग्रेस महासमिति बैठकले ओली सरकारले बूढीगन्डकी आयोजनादेखि सुन र चिनी कान्ड तथा वाइडबडीमा सरकारले भ्रष्टाचार गरेको आरोप लगाएको हो । यस्तै, ५० अर्बभन्दा माथिका आयोजना सीधै ठेक्का दिने निर्णयले पनि भ्रष्टाचारलाई संस्थागत रुप दिन खोजेको कांग्रेसको ठहर छ…