काठमाडौं । नेपालले भारतबाट ५ सय मेगावाट बिजुली खरिद गरेर लोडसेडिङ अन्त्य गरे पनि यो बिजुलीको भाउ बढाउने प्रस्तावले विद्युत प्राधिकरण झस्किएको छ । भारतीय पक्षले एकैपटक २० प्रतिशतसम्म बढाउन प्रस्ताव गरेपछि प्राधिकरण समस्यामा परेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि दुई देशबीच सम्बन्ध सुधारिएको र भारत अब नेपालको विकास साझेदार बन्ने दाबी…