काठमाडौं । दसैं नजिकिँदै जाँदा काठमाडौं उपत्यकासहितका सहरी क्षेत्रमा सरकारी अनुगमन टोलीको सक्रियता बढेको छ । व्यवसायीहरुले भने बजार अनुगमनका नाउँमा आतंक सिर्जना गरेको आरोप लगाएका छन् भने सरकारी अनुगमन टोलीले मूल्यसूची नराखेको जस्तो सामान्य गल्तीमा समेत ठूलो सजाय तोकिरहेका छन् । तयारी पोशाक बिक्री गर्ने बिक्रेताले मूल्यसूची राख्न सम्भव हुँदैन भन्ने सामान्य हेक्कासमेत राखिएको…